मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

नरैनापुरमा २४ सय ८० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

बाँके । बाँकेमा भोलि बुधबारबाट सुरु हुने दोस्रो चरणको अभियानमा नरैनापुरमा २४ सय ८० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले बाँकेका ८ स्थानीय तहलाई दुई भागमा विभाजन गरी माघको २२ गतेदेखि २५ गतेसम्म पहिलो चरण नेपालगञ्ज , कोहलपुर, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा गरी ८६ प्रतिशतले खोप लगाएको बताउँदै उहाले भन्नुभयो,  भोलि बुधबारबाट दोस्रो चरणमा नरैनापुर गाउँपालिका, डुडुवा, राप्ती सोनारी, बैजनाथ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जानकारी दिनु भयो । 

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले नरैनापुरमा २४ सय ८० जनालाई खोप लगाउने तयारी पुरा भएको बताउनु भयो । 

यसैगरी बाँकेमा दोस्रो चरणमा १२ हजार ३ सय ६१ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार