मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

रूपन्देहीमा कुन पालिकामा कति जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिए ?

Youth Today News 1+ समाचार ( )
जिल्ला निर्वाचन कार्यालयका तथ्यांक अनुसार
१७ वैशाख २०७९, शनिबार

बुटवल । स्थानीय तहकाे निर्वाचनमा रुपन्देहीका पालिकाहरुबाट विभिन्न पदमा मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुले शुक्रबार आफ्नाे पालिकाको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । ११ र १२ गते देशभर मनोनयन दर्ता भएको थियो । उम्मेदवारी फिर्ता गराउनेमध्ये अधिकांश गठबन्धन र स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । रुपन्देहीकाे हकमा जिल्लाका १६ स्थानीय तहमध्ये १५ पालिकाबाट विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिए तर मर्चवारी गाउँपालिकाबाट कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । 

जिल्ला निर्वाचन कार्यालयका तथ्यांक अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका बाट २७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उक्त तथ्यांक हेर्दा बुटवलबाट ४ जना प्रमुख, ४ जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य पदमा मनोनयन गराएकाले उम्मेदवारी फिर्ता लिएका छन। कंचन गाउँपालिकाबाट ३ जना, कोटहीमाईबाट ५ जना, गैडहवाबाट २ जना, तिलोत्तमाबाट ९ जना र देवदह नगरपालिकाबाट १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

यस्तै ओमसतिया गाउँपालिकाबाट ३ जना अध्यक्षसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मायादेवी र रोहिणीबाट १,१ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जना, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जना, सैनामैनाबाट ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयकाे तथ्यांकमा छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिकाबाट ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ गठबन्धनले अन्तिम समयमा आएर तालमेल गरेपछि नगर प्रमुखबाट एक जना, उपप्रमुखबाट २ जना र सदस्यबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सम्मरीमाईबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा निवर्तमान पालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लाकाे श्रीमती पनि रहेकी छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन भने सम्मरीमाईबाट ४ जनाले उम्मेदवारी फिर्ता गराएका छन् ।

रुपन्देही जिल्लामा ६ लाख ३२ हजार ३६० मतदाता छन् । १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाँउपालिका रहेको रुपन्देहीमा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख, ९५ जनाले उपाध्यक्ष, १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडासदस्य गरी जम्मा ५ हजार ११ जनाले उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार