मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

संविधानसभा सदस्य सिद्धिकिको निधन, नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहद्धारा शोक व्यक्त

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
स्वर्गीय सिद्धिकिको निधनप्रति नेपालगंज उपमहानगरपालिकाले दुःख व्यक्त गर्दै नेपालगंजमा आधादिनका लागि शोक विदा दिएको छ ।
४ मंगशिर २०८१, मङ्गलबार

बाँके । नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य आजी अब्दुल हमिद सिद्धिकि (भोला) को निधन भएको छ । ६० वर्षीय सिद्धिकिको सामेबार राती ११ बजे मेडिकल कालेज नेपालगंजमा हृदयाघातबाट निधन भएको हो ।

उनको पार्थिव शरीरलाई आज मंगलबार ४ बजे इस्लामीक पराम्परा अनुसार नेपालगंज ४ मा रहेको कब्रिस्तानमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको नेपाली काग्रेशका नेता आजी अब्दुल कादीरले जानकारी दिनु भयो । सिद्धिकि नेपाली कांग्रेसको लामो इतिहासका जानकार मानिन्थे ।

बहुआयमिक छवि भएका सिद्धिकि राजनीतिसँगै साहित्यकार र समाजसेवीका रुपमा समेत चिनिन्थे । उनी कांग्रेसबाटै संविधानसभा सदस्य समेत थिए । 

सिद्धिकि शालिन, सादगी र सरल व्यक्तित्वका धनी थिए । ‘नेपालको राजनीतिक एवं सामाजिक रुपान्तरणको अभियानमा संलग्न रहँदै आउनु भएको थियो । नेपाली काग्रेशका नेता एंव नेपालगंजका मेयर प्रशान्त विष्टले भन्नुभयो,उहाँको निधनबाट नेपाली कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।,’

स्वर्गीय सिद्धिकिको निधनप्रति नेपालगंज उपमहानगरपालिकाले दुःख व्यक्त गर्दै नेपालगंजमा आधादिनका लागि शोक विदा दिएको छ । मेयर विष्टले लोकतान्त्रिक आन्दोलनमा सिद्धिकिले महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनी कांग्रेसको इतिहासमा सदा स्मरणीय रहेको बताएका छन् ।

सिद्धिकिको निधनमा कांग्रेस बाँकेले शोक मनाउने निणर्य गरेको छ । कांग्रेसले पार्टीको कार्यालयहमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र औपचारीक कार्यक्रमहरु स्थागित गरी कार्यालयमा शोक पुस्तिका राख्ने जनाएको छ ।

यसैगरी नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सिद्धिकिको हृदयाघातबाट भएको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नु भयो । 

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय सिद्धिकिको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्नसक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार