मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

हुस्सु र शीतलहरले हवाइ उडान अवरुद्ध

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

नेपालगन्ज । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा शुक्रवार दिउँसोसम्म नेपालगन्ज विमानस्थल बन्द रहेकोले हवाइ उडान अवरुद्ध भएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । 

शुक्रबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण ५०० देखि ७०० मिटर मात्र भिजिबिलिटी हुँदा विमानस्थल बन्द रहेकोले नेपालगन्जबाट दिउँसोसम्म कुनै पनि उडान नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । 

हवाई उडानका लागि आवश्यक पर्ने भिजिविलेटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनु पर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा शुक्रवार दिउँसो १२ बजेसम्म ७०० भन्दा बढी भिजिबिलिटी नभएकोले उडान शुरु गरिएका छैनन्। 

विमानस्थल बन्द रहेकोले यहाँबाट पहाडि जिल्लाका लागि बिहान हुने सबै उडान रद्द गरिएक छन् भने काठमाण्डौका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । नेपालगन्जका लागि बिहान ८ बजे काठमाण्डौबाट जहाज उड्ने नियमित तालिका भए पनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण जहाज नउडेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले बताउनुभयो। उहाँले नेपालगन्ज विमानस्थल खुलेपछि मात्रै काठमाण्डौबाट जहाज उडाइने जानकारी गराउनुभयो । 

नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दै आएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा पनि बिहान बढी उडान हुने गरेको थियो । 

नेपालगन्ज विमानस्थलबाट हवाई उडान अवरुद्ध हुँदा काठमाडाैं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकेट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतीक्षामा विमानस्थलमा रोकिएका छन् । गत केही दिनयता आएर शीतलहर र कुहिरोका कारण बिहान हुने उडानहरु प्रभावित हुँदै आएका थिए भने शुक्रवार दिउँसोसम्म पनि कुनै उडान हुन नसकेको विमानस्थलले जनाएको छ । 

यसैबिच बाक्लो शीतलहर तथा कुहिरोका कारण बाँकेमा चिसो पनि अत्यधिक बढेको छ । सोही कारण यहाँको जनजीवन प्रभावित बनेको छ । चिसो बढेकै कारण अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको अस्पतालहरुले जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार