मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाउनेछुः प्रस्तावित न्यायाधीश बागचन्द

यूथ टुडे समाचारदाता 3655+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायपालिकाको संस्थागत सुदृढीकरणका लागि ‘जुडिसियल ब्रेन’को अवधारणा र आधुनिक प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले फैसला कार्यान्वयनको नयाँ मोडेल र न्यायिक संग्रहालय स्थापनाको आवश्यकता रहेको बताए। उनले आफूले गरेको विद्यावारिधिको शोधमा आधारित ‘फैसला कार्यान्वयनको पाँचौँ मोडेल’ नेपालजस्ता अल्पविकसित राष्ट्रहरूका लागि प्रभावकारी हुने दाबी गरे।

उनले उक्त मोडेलले न्यायपालिकाको अधिकार सुरक्षित राख्दै कार्यपालिकासँगको समन्वयमा स्रोतसाधन परिचालन गर्न सहयोग पुर्‍याउने बताए। यद्यपि, यो मोडेल तत्काल लागू हुनेभन्दा पनि भविष्यका लागि नीतिगत आधार भएको उनको भनाइ छ।

उनले ७७ वटै जिल्ला र १८ उच्च अदालतको अनुभवलाई एकीकृत गर्दै सर्वोच्च अदालतलाई ‘सेन्ट्रल जुडिसियल ब्रेन’ का रूपमा विकसित गर्नुपर्ने बताए। यो कुनै नयाँ संवैधानिक निकाय नभई विद्यमान सर्वोच्च अदालतलाई नै संस्थागत ज्ञान र विश्लेषणको केन्द्र बनाउने योजना रहेको उनले बताए।

यसैगरी, डिजिटल युगको चुनौतीलाई सम्बोधन गर्न साइबर अपराध, डिजिटल प्रमाणको सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमा न्यायपालिकाले विशेष ध्यान दिनुपर्ने डा. बागचन्दले बताए। उनले प्रमाणको गुणस्तर नघट्ने गरी विद्युतीय सुरक्षाका विधि अपनाउनुपर्नेमा जोड दिए।

न्यायिक विरासत जोगाउन ‘न्यायिक संग्रहालय’को स्थापना हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो नियुक्तिको प्राथमिकता निष्पक्ष, कारणयुक्त र समयोचित न्याय सम्पादन हुने प्रतिबद्धता जनाए। सुनुवाइ प्रक्रियालाई छिटो बनाउन इजलासमा पेश हुनुपूर्व नै ‘मिसिलको पूर्वतयारी’ गर्ने प्रणालीलाई वैज्ञानिक बनाउनुपर्ने उनको सुझाव छ।

उनले भने, ‘सर्वोच्च अदालतलाई अनुसन्धान, विश्लेषण र संस्थागत ज्ञानको केन्द्र अर्थात ‘सेन्ट्रल जुडिसियल ब्रेन’ का रूपमा विकास गर्नुपर्छ। साइबर अपराध, डिजिटल प्रमाण र एआईको प्रयोगमा गोपनीयता, प्रमाणको विश्वसनीयता र मानवीय निगरानी सुनिश्चित गर्न आवश्यक छ। न्यायिक निर्णयको अन्तिम जिम्मेवारी न्यायाधीशमै रहनुपर्छ। नियुक्तिपछि मेरो पहिलो प्राथमिकता निष्पक्ष, कारणयुक्त र समयमै न्याय सम्पादन गर्नु हुनेछ। साथै, मुद्दाको पूर्वतयारी र मिसिल अध्ययन प्रक्रियालाई व्यवस्थित गरी न्याय सम्पादनलाई छिटो र प्रभावकारी बनाउनेछु।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार