मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

राष्ट्रवादको परिभाषा फेर्नु पर्छ : मन्त्री किराँती

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा आज (शनिबार) मन्त्री किराँतीले देशलाई कंगाल बनाउने सामन्ती राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बेला आएको बताएका हुन् ।
२ असार २०८०, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा आज (शनिबार) मन्त्री किराँतीले देशलाई कंगाल बनाउने सामन्ती राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बेला आएको बताएका हुन् ।

‘हामी सामन्ती राष्ट्रवादमा छौँ। देशलाई कंगाल बनाउने राष्ट्रवाद’, उनले भने, ‘नेपालीलाई विदेश पठाएर लास ल्याउने राष्ट्रवादको अन्त्य हुनुपर्छ।’ विकास निर्माणको स्पष्ट खाका नहुँदा पर्यटन विकास नभएको उनले बताए ।

मन्त्री किराँतीले जानीजानी खाएर देश र जनतालाई धोका नदिने पनि बताएका छन्। ‘म नियतले देश र जनतालाई धोका दिन्नँ’, किराँतीले भने, ‘घुस खाएर गल्ती गरेर धोका दिन्नँ।’

उनले निजी क्षेत्रलाइ हेलिप्याड बनाउन सैद्धान्तिक सहमति दिएको स्वीकार गरेका छन् । नेपालको संविधानअनुसार वडा, पालिका, सीडीओ र गृह मन्त्रालयको स्वीकृत पत्रकै आधारमा आफूले मन्त्रालयबाट सहमति दिएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार