मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

मन्त्री अथकलाई कोहलपुरमा भव्य स्वागत तथा सम्मान

महमूद आलम खान 1133+ समाचार ( )
मन्त्री अथकले कोहलपुरस्थित क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा बिकास गरीने बताए
तस्बिर: काचुली मिडियाबाट
२७ अशोज २०७८, बुधवार

कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गरेर देखाउने बताए । मन्त्री भएलगत्तै कोहलपुरमा महिला क्रिकेट एकेडेमी संचालनकालागि प्रक्रिया थाल्ने निर्णयमा हस्ताक्षर गरेका मन्त्री अथकले बुधबार पुन: उक्त प्रतिवद्धता दोहोराएका हुन ।

मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृहजिल्ला आएका मन्त्री अथकले कोहलपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उक्त प्रतिवद्धता जनाएका हुन । नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अथकले कोहलपुरस्थित क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा बिकास गरीने बताए । विगतदेखी नै अन्तराष्ट्रिय क्रिकेट मैदानका रुपमा प्रचारित उक्त मैदानको विकासकालागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्री अथकले महिला एकेडेमी संचालनकालागि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडी बढाईसकिएको बताए ।

नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने सबैभन्दा राम्रो माध्यम खेलकुद भएकाले आफ्नो कार्यकालभरी खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने अथकले दावी गरे । साथै युवाहरुलाई देशभित्रै आत्मनिर्भर बनाउन युवा स्वारोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाएर लागु गरिने बताउँदै अथकले भने, ‘युवा पुस्तामा विदेशीने क्रम बढेको छ, त्यसलाई रोक्न आफ्नै घरआँगनमा रोजगार उपलब्ध गराउनु अहिलेको प्रमुख कार्यभार रहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार