मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

योगेश भट्टराईको मैवाखोला गाउँपालिकामा माओवादी विजय

महमूद आलम खान 1133+ समाचार ( )
मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।
२ जेठ २०७९, सोमबार

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङकाे मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ ।

मैवखोलामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङ पराजित भए ।

मैवाखोलाको उपाध्यक्षमा पनि गठबन्धन नै विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भए । प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष उम्मेदवार कौशिला थक्लुङ लिम्बू पराजित भए ।

मैवाखोलामा नेकपा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथालो हो ।

आफ्नै वडामा पनि पराजित

योगेश आफैले मतदान गरेको वडामा पनि एमाले पराजित भएको छ । योगेशले मतदान गरेको ३ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थक्लुङ विजयी भए ।

गठबन्धनका उम्मेदवार खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार