मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

शाहको निधन भएको शोकमा गाँउपालिकामा बुधबार सार्वजानिक बिदा

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहको बुबाको निधनमा वडामा आज शोकबिदा दिएको छ । 

शाहका बुबा पूर्व सांसद शैयद मेराज अहमद शाहको आज मंगलबार बिहान ७ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको भन्दै वडा सचिव लक्ष्मीकान्त मिश्राले एक विज्ञप्ती जारी गर्दै वडामा शोक बिदा दिएका हुन ।

वडाले मंगलबार एक विज्ञप्ती जारी गर्दै आजका लागि वडाको सबै प्रशासनिक कार्यालयसँगै सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । सँगै स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सार्वजनिक बिदा दिइएको सचिव मिश्राले जानकारी दिनु भयो । 

यसैगरी गाँउपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाहका दाजु समेत रहेका मृतक मेराजको शोकमा पालिकाले बुधबार गाँउपालिकाको प्रशासनिक कार्यालयसँगै सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । साथै स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताउनु भयो । 

मृतक शाह २०४८ सालमा बाँके क्षेत्र नं. १ बाट सांसदमा निर्वाचित हुनु भएको थियो भने उहाँ ३ कार्यकालका लागि नेपाल हज समितिको अध्यक्ष समेत रहनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार