मुख्य समाचार
बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो |

सरुवा रोग नियन्त्रण गर्न नरैनापुरमा सरसफाई अभियान सुरु

यूथ टुडे समाचारदाता 3555+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

बाँके । बाँकेको नरैनापुर १ मंझरेटीमा स्वास्थ्यकर्मी, प्रहरी र स्थानीयवासीले वर्षायाममा लाग्ने विभिन्न खाले सरुवा रोग र किरा फट्याङग्राबाट बच्न गाउँ सरसफाइ गर्न सुरु गरेका छन् ।  

बर्सातको समय भएकाले सडकमा झारफात तथा फोहर हुने, लामखुट्टे, सर्पदंश तथा अन्य रोगको सङ्क्रमण हुनसक्ने भएकाले घर आँगनसँगै सडक सरसफाइ गरिएको नरैनापुर १ कटकुइया स्वास्थ्य चौकी इन्चार्ज दिनेश मौर्यले जानकारी दिनु भयो । 

उहाँले भन्नुभयो,“स्वस्थ हुनका लागि व्यक्ति सफा भएर मात्र हुँदैन । यसका लागि वरिपरिको वातावरण पनि सफा स्वच्छ हुनुपर्दछ ।”, 

इन्चार्ज मौर्यले “बर्सातमा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्ने गरेकोले त्यसबाट बचाउनका लागि स्वास्थ्य चौकीले अभियानको रुपमा सरसफाई कार्यक्रम सुरु गरेको छ।”

बर्सातको समयमा झाडापखालाजन्य सरुवा रोगको प्रकोप हुन सक्ने भएकाले स्वास्थ्य चौकीको नेतृत्वमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा सरसफाइ गरिएको थियो । 

“अन्य समयभन्दा फोहोर पानी, खानपानमा ध्यान नदिँदा झाडापखाला, भाइरल ज्वरो जस्ता विभिन्न खाले रोग लाग्ने डर रहन्छ”, इन्चार्ज दिनेश मौर्यले भन्नुभयो,“त्यसैले हामीले गाउँमा रहेको पानी जमेका खाल्डाखुल्डी पुर्नुपर्छ भनी सल्लाह गरेर गाउँमा सरसफाइ अभियान चलाएका छौ ।”

स्वास्थ्यकर्मीले समेत ग्रामीण क्षेत्रमा गएर स्वास्थ्य जनचेतना जगाउने गरेका छन् । “हामीले हरेक आमा समूहको बैठक, गाउँघर क्लिनिक, खोप कार्यक्रममा सरसफाइसम्बन्धी छुट्टै ज्ञान दिने गरेका छौँ । बाँच्नका लागि सरसफाइको महत्वबारे ज्ञान दिने गरिएको छ”, इन्चार्ज मौर्यले “ नरैनापुरका नागरिक विस्तारै सचेत बन्दै गएका छन् । सफा वातावरणमा हुर्कने बच्चा र त्यो परिवार स्वस्थ हुन्छ । गाउँघरमात्र होइन घरमा खानेकुरा पनि सफा र स्वस्थ खानेबारे समेत सचेत हुन आवश्यक छ ।” वर्षा सुरु भए संगै नरैनापुर झाडापखाला, मलेरिया र उच्च ज्वरोका बिरामी बढेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार