बाँके । चौरासी बेन्जन खुवाएर,सुनको खटियामा सुताएरै ६० नाघिसकेका बृद्ध बा आमाको चाउरी परेको अनुहारमा खुसी फर्किन्छ भन्ने लाग्दैन् । बृद्ध बा आमाका चाउरी परेको अनुहारमा तब मात्र मुस्कान देखिन्छ,जब उनिहरुलाई मिठोे बोली भाषा,माया स्नेहा र सम्मान पाईन्छ । भनिन्छ जेष्ठ नागरिक,सम्मानजनक बोली व्यवहारका र न्यायो मायाका भोकानै हुन्छन् ।
जब जब कुनै क्षणमा त्यो भोक कसैले मेटिदिन्छ अनि बृद्ध बेसाहराहरुको खुसीको सिमाननै रहदैन् । त्यहि खुसी डुडुवा गाउँपालिका १ की ९५ वर्षिय बृद्ध ननकैई अहिरमा भेटियो । चिसोबाट बच्न सुरक्षित रहन डुडुवा गाउँपालिकाद्धारा न्यानो कम्बल वितरण गर्ने क्रममा डुडुवा १ चौफेरी की बृद्ध अहिर राहतका रुपमा पाउन त एक कम्बल र चमन परास मात्रै पाएकी हुन् ।
साथमा डुडुवाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले ‘चिसो बढेको छ, आफ्नो ख्याल गर्नुहोला तपाईको साथमा सरकार छ आमा’ मात्र के भनेका थिए बृद्ध ननकैई अहिर खुसीले कम्बल बेरेर मुसुक्क हाँस्न थाल्नु भयो । साहेत राहत पाउँदा मनैदेखि खुसी भएको प्रतिबिम्ब थियो होला, हामीले त्यहिनै बुझ्यौ ।
उहाँले हाँस्दै भन्नुभयो,“काम गर्न नसक्ने हामी जस्तो बुढापाखालाई सरकारले भत्ता दियो,चिसोमा कम्बल दियो छुट्टै भगवान खोज्न कहाँ जानु । कम्बल दिने यी सबै मेरा भगवान भए।” उहाँको यो, भनाईले घरमा निकै दुख पिडामै हुनु हुुन्थ्यो भन्ने पक्कै हैन्,तर बृद्धहरुलाई खुसी राख्न चिसोमा न्यायो,राम्रो व्यवहार माया र सम्मान चाहिदो रहेछ भन्ने स्पष्ट प्रष्ट छ ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गाउँ पालिकाका जेष्ठ नागरिक र दलित समुदायलाई भत्ता लिनका लागि बसको व्यवस्था गरि चिसोबाट जोगिनका लागि कम्बल र चमन परास बितरण गर्नु भयो ।
बृद्ध बृद्धाहरुले भन्नुभयो,“एउटै कम्बल मात्र किन नहोस हामी जस्ता बेसहाराहरुलाई मायाले सम्मानका साथ दिँदा लाखौ बराबरको राहत पाएको महसुस हुदो रहेछ ।” कोरोना महामारीमा सरकारबाटै चामल, नुन,तेल पाए । अहिले चिसोमा राम्रो कम्बल पाए । दिनदुखीको राहत उद्दरामा गाउँपालिक अध्यक्ष नरेन्द्र चौधरीले गरेको काम सरहानिय रहेको उहाँहरुको भनाई थियो ।
यी अहिर एक उदाहरण मात्र हुन् । बाँकेमा चिसोबढे संगै डुडुवा गाउँपालिकाले वितरण गरेको न्यानो कम्बल तथा चमन परास पाएपछि सयौ बेसाहारा नागरिकहरु खुसी छन् ।
डुडुवा गाउँपालिका अध्यक्ष चौधरीले हिउँदको चिसोमा जेष्ठनागरिक, बालबालिकालाई न्यानो प्रदान गर्न गाउँपालिकाको टोली बसको व्यवस्था गरेर राहत वितरण अभियानमा जुटेको बताउनु भयो । उहाँले न्यानो कपडा वितरण संगै नागरिकलाई सुरक्षित रहन, खागो ताप्न, चिसोमा बाहिर ननिस्कीन,झोलिलो पर्दाथ खान सल्लाह समेत दिनभुएको छ ।
गाउँपालिकाले आइतबार सम्म १५ सय जनालाई बृद्ध भत्ता संगै कम्बल र चमन परास बितरण गरिसकेको जनाएको छ भने बचेका १३ सय जनालाई केहि दिन भित्रै बितरण गरि सक्ने बताएको छ ।