मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

रमजानको रोजाले फेरियो महिलाको दैनिकि

महमूद आलम खान 1133+ समाचार ( )
जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ ।
६ वैशाख २०७९, मङ्गलबार

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–१६ बस्ने रुकशना आजमीको दैनिकी हिजोआज फेरिएको छ । प्रायः बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् ।

२७ वर्षीया अजामी एक दिन पनि नबिराइ रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाइ बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।

जनकपुरधाम–५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।

‘उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ बिरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले सबैले उनलाई ‘नमाजीवुआ’भनेर बोलाउँछन् ।

बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढ्छिन् । बिहानै सेहरी खाएर रोजा सुरु गर्ने गरेको उनले सुनाइन् । रोजा सुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर)गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरआन (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् ।

दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाइ घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्चर्य मान्छन् । रोजाका बेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरको नवौ‌ँ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवितरित) भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक–एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग) का सातओटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार