मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

आचारसंहिता विपरितका प्रचारप्रसार सामग्री हटाउन बाँके प्रशासनलाई आयोगको निर्देशन

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन जिल्ला प्रशासन कार्यलय बाँकेलाई निर्देशन दिएको छ ।
२४ कार्तिक २०७९, बिहीबार

बाँके । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्जमा निर्वाचन आचारसंहिता विपरीतका राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण हटाउन जिल्ला प्रशासन कार्यलय बाँकेलाई निर्देशन दिएको छ ।

आयोगले लेखेको पत्रमा भनिएको छ

उपर्युक्त सम्बन्धमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आयोगमा उजुरी प्राप्त भई यो पत्र लेख्ने कार्य भएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ड) मा “उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाईएको ३ ×४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने” व्यवस्था छ । ऐ. दफाको खण्ड (ढ) मा “उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य समाग्रीहरु प्रदर्शन गर्न नहुने तर राजनितिक दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा खण्ड (ड) बमोजिमको आकारका दश दश वटा सम्म झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा पर्ने छैन” भन्ने व्यवस्था छ ।

उल्लेखित कानूनी व्यवस्था रहेको सन्दर्भमा जनता समाजवादी पार्टी नेपालको वडा इकाई समितिको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ बाँकेमा उक्त दलका उम्मेदवारको फोटो तथा चुनाव चिन्ह सहितको फ्लेक्स र निर्वाचन चिन्हको तोरण बनाई राखेको विषयमा आवश्यक जाँचबुझ गरी जिल्ला भित्र कुनै पनि स्थानमा रहेका निर्वाचन आचारसंहिता विपरितका निर्वाचन प्रचारप्रसार सामग्री तत्काल हटाउन निर्देशन दिई सम्बन्धित उम्मेदवार (प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य) लाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही गर्न २४ (चौबीस) घण्टाभित्रै स्पष्टीकरण लिई थप कारवाही गर्नुपर्ने भए आयोगमा पठाउनुहुन निर्णयानुसार अनुरोध छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार