मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पत्रकारका १० संस्था पुरस्कृत

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मंच, शिक्षा पत्रकार समूह, रास्ट्रीय स्वास्थ्य पत्रकार मंच र रास्ट्रीय यातायात पत्रकार मंच रहेका छन् ।
१४ फाल्गुन २०७९, आइतबार

काठमाडौं । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ घाेषणा गरेकाे छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपालमा क्रियाशील १० वटा पत्रकारका संस्थाहरुलाई प्रदान गरिने जानकारी दिए । 

२५ फेब्रुअरी २०२३ मा बसेको सचिबालय बैठकले नेपालमा क्रियाशील १० वटा पत्रकारका संस्थाहरुलाई जनही १५० अमेरिकी डलर र ताम्रपत्र सहितको अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मरासिनी र महासचिव लामाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यो पुरस्कार देउराली फ़ाउण्डेसनको संयोजनमा बिशेष समारोहको आयोजना गरि २०८० साल बैशाख ७ गते समर्पण गरिने बताइएको छ । 

अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ बाट पुरस्कृत हुने संस्थाहरुमा श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मंच, शिक्षा पत्रकार समूह, रास्ट्रीय स्वास्थ्य पत्रकार मंच र रास्ट्रीय यातायात पत्रकार मंच रहेका छन् । 

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाका अध्यक्ष मरासिनी र महासचिव लामाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ बाट पुरस्कृत सबै संस्थाहरुलाई हार्दिक बधाईसहित आगामी दिनमा अझै प्रगतिको सुभकामना ब्यक्त गरेका छन् । 

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिर्फोनिया, अमेरिकाले अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार र अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार पनि स्थापना गरेर प्रदान गर्दै आइरहेको छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिर्फोनिया, अमेरिकाले यस अघि अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार– २०२२ माडीस्थित श्री राष्ट्रिय आधारभुत विद्यालय रतनी (धोवाहा) का प्रधानाध्यापक एवम् आदर्श शिक्षक विरेन्द्र महतोलाई प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आदर्श डा. शेर बहादुर पुनलाई प्रदान गरेको थियो । 

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ बाट पुरस्कृत हुने संस्थाहरुमा श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मंच, शिक्षा पत्रकार समूह, रास्ट्रीय स्वास्थ्य पत्रकार मंच र रास्ट्रीय यातायात पत्रकार मंच रहेका छन् । 

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाका अध्यक्ष मरासिनी र महासचिव लामाले अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ बाट पुरस्कृत सबै संस्थाहरुलाई हार्दिक बधाईसहित आगामी दिनमा अझै प्रगतिको सुभकामना ब्यक्त गरेका छन् । 

यता मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष एम.आलम खानले एनआरएन क्यालिफोर्नियाको पुरै टिमलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार