मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन जारी, २ हजारले गरे मतदान

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

बाँके । आज नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन हुँदैछ। आज बिहान ८ बजेदेखि नेपालगन्ज रंगशालामा मतदान भइरहेको हो। आज भइरहेको उद्योग बाणिज्य संघको निर्वाचनमा ५ हजार बढी मतदाताले मतदान गर्दैछन् । यो समाचार तयार पार्दासम्म २ हजारले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

आज भइरहेको मतदानमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह र समावेशी प्यानल चुनावी मैदानमा छन् ।

संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका तर्फबाट अध्यक्षमा ललित कुमार रौनियार , उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा मो.सफिक वेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, उपमहासचिवमा टेक बहादुर खड्का, कोषाध्क्षमा मख्खन बहादुर धामी उम्मेदवार छन् ।

यसैगरी सदस्य पदमा शिवप्रसाद दाहाल, अतुल कुमार गुप्ता, सुनिल भण्डारी, सन्तोष कुमार पौडेल, विवेक कुमार श्रेष्ठ, कैफुल वरा जोलाह, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, बलबहादुर विष्ट(बबी) उम्मेदवार हुन् ।

त्यस्तै समावेशी प्यानलबाट अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष उद्योगमा चिरञ्जीवि ओली, उपाध्यक्ष वाणिज्यमा हरिलाल न्यौपाने, उपाध्यक्ष महिलामा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, सदस्य तर्फ इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाएको छ ।

आजको निर्वाचन सबै उम्मेदवारहरु चिर परिचित भएपनि साझा प्रजातान्त्रिक प्यानलका सबै उम्मेदवारहरुले यसपटक बाजि मार्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार