मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

कोहपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
२७ माघ २०८१, आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ ।

सङ्घीय सांसद सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन आग्रह गर्नुभएको हो । 

जिल्लास्थित सर्वदलीय बैठक बसी अतिक्रमित जग्गामा बनेका घर टहरा हटाउन गरिएको आग्रहका आधारमा गृह मन्त्रालयबाट सूचना प्रकाशन भइसक्दा पनि अतिक्रमण गर्ने पक्षले घर टहरा नहटाएकाले उच्चस्तरीय पहल लिइदिन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले माग गरेको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले कसैले पनि अवैधरुपमा राज्यको सम्पत्ति अतिक्रमण र कुनै पनि अनियमितता गर्न नपाउने स्पष्ट गर्दै सरकारले अतिक्रमित जग्गा फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार