मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

बाँकेमा करिब ३७ हजार किशोरीलाई एचपीभी खोप लगाइने

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
२१ माघ २०८१, सोमबार

बाँके । बाँकेमा करिब ३७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो ।

नेपालगन्जमा आज आयोजित एचपीभी खोप अभियान २०८१ सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउनका लागि जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् । फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र  जानकी गाउँपालिकाका २२ हजार ५ सय ८९ जना किशोरीलाई भोलि २२ गतेबाट फागुन १ गतेसम्म खोप लगाइनेछ । 

दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको पनि श्रेष्ठले बताउनुभयो । 

कार्यक्रममा जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा। राजन पाण्डे, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले खोप अभियान र एचपिभी खोपको प्रभावकारिताका बारेमा बोल्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार