मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

भैरहवाबाट पूर्वमन्त्री रायमाझी पक्राउ

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।
२१ वैशाख २०८०, बिहीबार

भैरहवा । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । 

प्रहरी स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै काठमाडौँ लैजाने तयारी भएको बुझिएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिए । तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी बिहीबार बिहानै पक्राउ परेका हुन् । 

उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार