बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा न्यायिक समिति गठनका बिषयमा गाउँसभा अल्झिएको छ ।

गाउँपालिकामा आइतबार सुरु भएको १२औँ गाउँसभाले न्यायिक समिति गठन, बजेट सम्शोधन र साझेदारी कार्य संचालन बिधेयक लगायत ३ वटा प्रस्ताव बैठकमा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रस्ताव गरे पनि न्यायिक समिति गठनका बिषयमा सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ ।
पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि न्याय क्षेत्रमा निकै महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना भएको छ ।
