मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
२ वैशाख २०८३, बुधवार

बाँके । जानकी गाउँपालिकामा विपन्न परिवारको आयआर्जन अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको बाख्रा वितरण कार्यक्रमले स्थानीय बासिन्दामा नयाँ आशा र उत्साह थपेको छ । जानकी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा जानकी गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सम्पन्न बाख्रा पालनसम्बन्धी अभिलेखीकरण तथा बाख्रा वितरण कार्यक्रम अन्तर्गत ७० अतिविपन्न परिवारलाई बाख्रा तथा ४ वटा बोका वितरण गरिएको हो।

कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले लाभग्राही नागरिकलाई बाख्रा हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले भन्नुभयो,“हाम्रो लक्ष्य नागरिकलाई राहत मात्र होइन, स्थायी आयस्रोत दिनु हो । कृषि र पशुपालन गाउँको अर्थतन्त्र बलियो बनाउने सबैभन्दा भरोसायोग्य माध्यम हो। बाख्रा पालनले परिवारको आम्दानी बढाउनुका साथै आत्मनिर्भर जीवनतर्फ डोर्याउनेछ।”

अध्यक्ष खाँले गाउँपालिकाले स्वरोजगारमूलक कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै वितरण गरिएका बाख्राको उचित स्याहार–सुसार गरी यसलाई दीर्घकालीन आयस्रोतमा रुपान्तरण गर्न आग्रह गर्नुभयो।

उहाँले थप्नुभयो,“सहयोगलाई अवसरमा बदल्नुहोस्, यसलाई व्यवसायका रूपमा अघि बढाउनुहोस्। आजको एउटा बाख्राले भोलिको परिवारको भविष्य बदल्न सक्छ।”

उन्नत जातको बाख्रा पाएपछि जानकी–४ का उमेश कुमार यादवले खुशी व्यक्त गर्दै भन्नुभयो,“हामीजस्ता परिवारका लागि यो ठूलो सहयोग हो । अब यसलाई राम्रोसँग पालनपोषण गरेर आम्दानीको भरपर्दो स्रोत बनाउनेछु । गाउँपालिकाले दिएको यो सहयोगले भविष्यप्रति आशा बढाएको छ।”

लाभग्राही टिका कुमारी चमारले पनि कार्यक्रमप्रति आभार व्यक्त गर्दै भन्नुभयो,“घरको आर्थिक अवस्था कमजोर थियो। अब बाख्रा पालनबाट केही आम्दानी गर्न सकिने भएको छ। यो सहयोगले हाम्रो परिवारलाई निकै राहत मिलेको छ।”

जानकी–४ की कनकाई तेलीले हर्षित मुद्रामा भन्नुभयो,

“हामीले यस्तो सहयोगको अपेक्षा गरेका थियौं। अब मेहनत गरेर यसलाई बढाउनेछौं र परिवारको खर्च चलाउन सहज हुनेछ।”

यस्तै नुरजहाँ साइले खुशी व्यक्त गर्दै भन्नुभयो,

“यो बाख्रा हाम्रो परिवारका लागि नयाँ सुरुवात हो। यसले आम्दानी मात्रै होइन, आत्मविश्वास पनि दिएको छ।”

सहकारीका कार्यवाहक अध्यक्ष अमन बर्माका अनुसार कार्यक्रम अन्तर्गत ७० अतिविपन्न परिवारलाई बाख्रा तथा ४ वटा बोका वितरण गरिएको हो ।

उहाँले भन्नुभयो,“सहकारीले स्थानीय सरकारसँग सहकार्य गरेर विपन्न परिवारलाई आत्मनिर्भर बनाउने अभियान अघि बढाएको छ । यो कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने विश्वास लिएका छौं।”

कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि, गाउँपालिकाका सूचना प्रविधि अधिकृत विकास जिसी, गाउँपालिका अध्यक्षका निजी सल्लाहकार सोहराब अली दर्जी, सहकारीका पदाधिकारी, स्थानीय अगुवा तथा लाभग्राही नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो कार्यक्रमले जानकी गाउँपालिकामा ‘सहयोगबाट स्वरोजगार, स्वरोजगारबाट आत्मनिर्भरता’ भन्ने सन्देशलाई थप बलियो बनाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार