मुख्य समाचार
दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने |

राप्ती सोनारीमा माँघी मिलन कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3405+ समाचार ( )
थारुहरुलाई बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न अधयक्ष शाहले दिए शुभ कामना
२६ पौष २०७९, मङ्गलबार

राप्ती सोनारी । राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । 

माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउदै यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको जिकिर गर्नु भएको थियो । उहाँले थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेकोले अब बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न शुभ कामना दिनु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ति र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको थियो । उहाँले आफ्नो अधिकारसँगसँगै पहिचान र अस्तित्व बचाउन निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गर्नु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रीय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो ।

दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्ती सोनारी गाँउपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाँउपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले बताउनु भयो ।

सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्ती सोनारी गाँउपालिकाको वडा नं. ६ का अध्यक्ष लबराज खरेल, वडा नं. ७ का अध्यक्ष राम लखन थारु, बेसका केन्द्रीय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने कार्यक्रम थारु महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार