मुख्य समाचार
बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा नेपालगञ्जमा ४० जना घाइते | कसरी लाग्यो बसमा आगो ? | पार्टीभित्रको अराजकता र अनुशासनहीनता सह्य हुँदैनः ओली | राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग |

मन्दिरको निर्माणमा महागढीमाई नगरपालिकाका मेयर यादवले गरे भ्रष्टाचार

महमूद आलम खान 1133+ समाचार ( )
४० प्रतिशत घुस मेयरकै गोजीमा पुगेको नगरपालिकाका सबैलाई थाहा छ ।
१९ पौष २०७८, सोमबार

बारा । विश्वमा प्रसिद्ध गढीमाई मन्दिरलाई ओझेलमा पार्न मन्दिरको पोखरीबीच सूर्य मन्दिर बनाउने सनकमा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले ४ करोड रुपैयाँ निकासा गरी ४ वटा उपभोक्ता समिति गठन गरी बजेट सकेका छन् ।

विना डीपीआर मन्दिर निर्माण सुरु गरी ४ करोड सकिसक्दा पनि ३० प्रतिशत काम मात्र भएको छ । उक्त मन्दिर माटो परीक्षण समेत नगरी बनाइएकाले लागत कति लाग्ने हो, अनिश्चित भएको छ । मन्दिर निर्माणका क्रममा ४ वटा उपभोक्ता समिति बनाई ४ करोड बजेट सक्ने क्रममा ४० प्रतिशत घुस मेयरकै गोजीमा पुगेको नगरपालिकाका सबैलाई थाहा छ ।

मेयर यादवले गढीमाईदेखि सूर्य देवताका नाममा समेत ठग्न भ्याएका छन् । महागढीमाई नगरपालिकामा रमना कामना मन्दिर र पर्खाल निर्माणमा पनि लाखौं घोटाला भएको छ । रमना कामना मन्दिरमा बार्षिक रुपमा मेला लगाउन १५ लाख रुपैयाँ रकम नगरपालिकाबाट प्रदान गरिन्छ । तर त्यो रकम पनि मेयरकै खल्तीमा पुग्ने गरेकोक छ । उक्त मेलामा केही पहलबानलाई कुस्ती खेलाउने, मेलाका लागि लाग्ने खर्च पसल राख्ने ब्यापारीबाट उठाउने गरिएको छ । नगरपालिकाबाट प्रदान गरिएको उक्त १५ लाख रकम मेयरले नै लिने गरेको आरोप छ ।

यसरी मेयरले रमनाकामना मन्दिरका नाममा समेत बार्षिक १५ लाख रुपैयाँ गोजीमा हाल्दै आएको आरोप छ । मानिसको मृत्युपछि दाहसंस्कार गर्ने अन्तिम स्थान मसानघाट हो । महागढीमाई नगरपालिकाकाको वडा नम्बर १० मा पर्ने पसाहा नदी किनारमा मसानघाट निर्माणका लागि प्रदेश सांसदकोषबाट छुट्याइएको ५० लाख रुपैयाँ पनि मेयर यादवले आफू निकट ब्यक्तिको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ढुंगाको सानो पर्खा लगाई ४० प्रतिशत कमिसन खाएको आरोप छ । साभारः

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार