मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

भोलि देखि नयाँ हवाइ भाडादर लागू हुने

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि करसहित भाडादर लागू गर्ने जनाएको छ
३१ असार २०८०, आइतबार

काठमाडौं । भोलि सोमबारदेखि नयाँ हवाइ भाडादर लागू हुने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ बाट हवाई भाडादरमा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णयअनुसार नयाँ भाडादर लागू हुने भएको हो ।

वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि करसहित भाडादर लागू गर्ने जनाएको छ । वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको जनाएका छन् । सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने कम्पनीहरुले जनाएका छन् ।

नयाँ भाडादर पहिलाको तुलनामा वृद्धि हुने वायुुसेवा कम्पनीहरुको भनाइ छ । कम्पनीका अनुसार करिब ६ प्रतिशतले महँगो पर्नेछ । संघका प्रवक्ता योगराज कँडेलले भने, ‘अब हवाई भाडादर वृद्धि हुन्छ । टिकटको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिन्छ । सबै कम्पनी भ्याट दर्ता प्रकृयामा गइसकेका छन् । प्यानलाई नै भ्याटमा रुपान्तरण गर्ने हो ।’

उनले आगामी साउन २५ गतेसम्म सबै वायुसेवाले रकमको विवरण बुझाउनका लागि कर विभागले पत्राचार गरिसकेको बताए ।

सरकारले नयाँ आथिक वर्षको बजेट अगाडि इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो । सरकारले बजेटमार्फत घोषणा गरेको निर्णयप्रति असुन्तष्ट देखाएका वायुसेवा कम्पनीले अन्तिममा आएर पालना गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार