मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँकेमा शान्तिपूर्ण वातावरणमा मतदान जारी

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहीबार बाँकेमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। जिल्लाका १३९ मतदानस्थलका ४०० मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकैसाथ मतदान सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले बिहानैदेखि सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म कतै पनि मतदान अवरुद्ध भएको खबर आएको छैन।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेखनीय भीड देखिएको छ । नेपालगञ्ज–६ स्थित हडियाबाबा मतदान केन्द्रकी मतदान अधिकृत अमृता केसीले सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताउँदै पत्रकारहरूलाई समाचार संकलनका लागि सहज वातावरण मिलाइएको जानकारी दिनुभयो । हडियाबाबा मन्दिर परिसरमा विशेष गरी महिला मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ ।

यसैगरी राप्ती सोनारी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुलरीमा पनि मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको मतदान अधिकृत प्रकाश अधिकारीले जानकारी दिनुभयो।

यस्तै डुडुवा गाउँपालिकाको वडा नं २ सन्तालिया नेराप्राबि मा रहेको मतदान केन्द्रमा पनि शान्ति पुर्ण तरिकाले मतदान जारी रहेको सहायक कर्मचारी सामना क्षेत्रीले बताउनुभयो । 

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँके का प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको छ। मतदान केन्द्रभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् भने केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारीले सुरक्षा दिइरहेका छन्।

जिल्लाभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा नाका बन्द गरिएको छ भने सीमा क्षेत्रलाई सशस्त्र प्रहरीले विशेष निगरानीमा राखेको छ।

बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्। जसमध्ये १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता रहेका छन्।

उत्साहजनक जनसहभागिता र कडा सुरक्षा व्यवस्थाबीच बाँकेमा मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले अघि बढिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार