मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

Youth Today News 1+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

अजय मिश्र

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको बसपार्कमा इलाका प्रहरी कार्यालय कृष्णनगरले आज एक कार्यक्रम बिच नागरिक सहायता कक्ष स्थापना गरेको छ। 

नेपालको प्रमुख भन्सार नाका कृष्णनगर हुदैं बर्सेनि लाखौं नागरिक आवत जावत गर्छन्। दशै तिहार तथा छठमा परदेशीएका नागरिक हरू आ आफ्नो घर फर्किएर चाडपर्वमा आफन्तजन संग दशै तिहार मनाउने गर्छन। 

सोही कुरा लाई मध्य नजर गर्दे भारत लगायत अन्य मुलुक बाट कृष्णनगर भन्सार हुदैं नेपाल भित्रिने नेपाली लाई आवश्यक सहायता तथा सहजता उपल्बध गराउने उद्देश्यका साथ नागरिक सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए। 

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले भारत बाट दशै तिहार मनाउन आउने नेपाली लाई सहजता उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको नागरिक सहायता कक्ष इलाका प्रहरी कार्यालय कृष्णनगरको सराहनीय कदम रहेको बताउदै कुनै पनि बहानामा हाम्रा नेपाली हरू ठगिनु हुन्न भन्ने कुरा राख्नु भयो। 

साथै चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन लाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले चार जना प्रहरी लाई बाइकमा लाइभ क्यामरा सहित आफ्नो मताहत क्षेत्र भित्र आज देखि नै परिचालन गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। 

नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेंद्र न्यौपाने, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खां, आफन्त नेपालका क्षेत्रिय संयोजक केशर विश्वकर्मा, वडा सदस्य राहुल मोदनवाल,

 शान्ति पुनर्स्थापना गृहकी सुमित्रा भण्डारी, प्रहरी वरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, निलकण्ठ ढकाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, होटल व्यवसायी लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार