मुख्य समाचार
कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग | ७० अंकसहित स्वास्थ्य कार्यसम्पादनमा जानकी दोस्रो | नरैनापुरको स्वास्थ्य सेवा प्रभावकारी बन्दै, जिल्लामा तेस्रो |

कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट

यूथ टुडे समाचारदाता 3554+ समाचार ( )
१ अशोज २०८३, बिहीबार

बाँके  । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदौमा स्थानीय परिकारलाई प्राथमिकता दिने उद्देश्यसहित नोभा पोर्ट्रेट क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिहीबार आयोजित विशेष समारोहबीच रेष्टुरेन्टको औपचारिक शुभारम्भ गरिएको हो ।

रेष्टुरेन्टको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरूपमा गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले नेपालमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताउनुभयो । आफ्नै देशमा होटल, रेष्टुरेन्ट तथा क्याफे सञ्चालन गरी रोजगारी र व्यवसायको अवसर सिर्जना गर्नु सकारात्मक कदम भएको उहाँको भनाइ थियो । स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै नयाँ व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

गुलरिया नगरपालिकाका प्रमुख यादवले नेपालगञ्जमा बढ्दो व्यावसायिक प्रतिस्पर्धाबीच नयाँ रेष्टुरेन्ट सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय परिकार र मौलिक स्वादलाई प्राथमिकता दिएर आफ्नो छुट्टै पहिचान बनाउन सकिने बताउनुभयो । ग्राहकको रुचि र स्थानीय स्वादलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन उहाँले सञ्चालकलाई सुझाव दिनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्थानीय उत्पादन र परिकारलाई व्यावसायिकरूपमा प्रवर्द्धन गर्न सके त्यसले किसान, उद्यमी र उपभोक्ता सबैलाई लाभ पुग्ने बताउनुभयो । उहाँले नयाँ व्यवसायले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रेष्टुरेन्टका सञ्चालक अभिषेक थारूको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका संस्थापक प्रमुख कृष्णा केसी, बर्दियाका व्यवसायी अमर भण्डारी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजिया, लियानाका अध्यक्ष भोदुराम थारूलगायतको उपस्थिति थियो ।

सञ्चालक थारूले रेष्टुरेन्टमा स्थानीय परिकारलाई विशेष प्राथमिकता दिइने बताउनुभयो । स्थानीय स्वाद, गुणस्तरीय खाना र सहज वातावरणमार्फत ग्राहकलाई सेवा दिने उद्देश्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार