मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

चुनाव नजिकिँदै जाँदा बाँके–२ मा नेकपाको प्रचार अभियान चरममा

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेसँगै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रचार–प्रसारलाई थप तिव्र बनाएको छ। यसैक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा पार्टीको निर्वाचन सम्पर्क कार्यालय भव्य रूपमा उद्घाटन गर्नुभएको छ।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार बिष्टले पार्टी जनताको सुखदुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास, रोजगारी र सामाजिक न्यायलाई केन्द्रमा राखेर कम्युनिष्ट पार्टीले आम जनताको जीवनस्तर उकास्ने दिशामा काम गर्ने बताउनुभयो।

स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उद्घाटन कार्यक्रमपछि सो क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिएको थियो। अभियानका क्रममा “जनताको सुखदुःखमा तारा चिह्न” र “विकास र समृद्धिको आधार, कम्युनिष्ट सरकार” जस्ता नाराहरू गुञ्जायमान बनेका थिए।

पार्टीका नेता तथा कार्यकर्ताहरू टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र चुनावी प्रतिबद्धताबारे जानकारी गराएका थिए। स्थानीय विकास, रोजगारी सिर्जना, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्दै पार्टीले जनताको विश्वास जित्ने प्रयास गरेको सहभागीहरूको भनाइ छ।

चुनावी मिति नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीले बाँके निर्वाचन क्षेत्र नम्बर २ मा जनसम्पर्क, संगठन विस्तार तथा प्रचार अभियानलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार