मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

नरैनापुरको स्वास्थ्य संस्था ‘किशोर–किशोरी मैत्री’ घोषणा

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
२३ असार २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका अन्र्तगत वडा नं ६ लाई स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । नेपाल सरकारले निमार्ण गरेको ‘किशोर किशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार नरैनापुरको गंगापुर स्वास्थ्य चौकीले मुल्याकंनको मापदण्ड अनुरुप घोषणा गरिएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको निर्देशिका अनुसार ८ वटा मुख्य सूचक र ४५ वटा उपसुचकलाई मुल्याकनका आधारमा उक्त संस्थाले ल्याएको अंकलाई विशलेषण गरि घोषणा गरिएको हो ।

युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्र्तगत भेरी बाताबरणीय विशिष्टता समुह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । स्वास्थ्य संस्थामा सेवा, व्यवस्थापन समितिमा सहभागिता, भौतिक पुर्वाधार संरचना, औजार उपकरण, विभिन्न सेवा प्रवाह, साञ्चर सामाग्री लगायतको विषय र क्षेत्रमा अध्ययन गरि मार्किङ्गका आधारमा सबै सूचक कार्यन्वयन भएको पाइएपछि घोषणा गरिएको हो । नरैनापुरका अन्य स्वास्थ्य संस्थाहरुमा मुल्याकन गरि सुधार गर्नुपर्ने कुरालाई समेटेर कार्ययोजना निमार्ण गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो । 

एक समारोहका बीच नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले घोषणाको प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा विशेष गरि किशोर–किशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समान रुपमा पहुच अभिबृद्धिका लागि कार्यक्रम संचालन गरेको हुनाले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयोे ।

किशोर अवस्था एउटा यस्तो अवस्था हो, यो अवस्थाले भविष्य निर्धारण गर्ने भएकाले स्वास्थ्यको क्षेत्रलाई बढी ध्यान दिनुपर्नेमा जोड दिदै अध्यक्ष शाहले नरैनापुरका सबै स्वास्थ्य संस्था, लगायतका कार्यालयहरुमा सबैको बराबर पहुँच र सहभागितामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भुमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । समापन कार्यक्रममा नरैनापुर कि उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरी लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार