मुख्य समाचार
भाइटीका आज, उत्तम साइत बिहान ११ः०७ बजे | आज कार्तिक शुक्ल प्रतिपदा: गोवर्द्धन, बली, गोरु र हलिको पूजा | नेपाल संवत् ११४७ ले राष्ट्रिय एकता र सद्भाव बलियो बनाओस् : प्रचण्ड | यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानको सामना गर्दै | मौलिक चाडपर्वले सामाजिक एकता बलियो बनाउँछ : प्रधानमन्त्री वालेन | तिहारमा २४सै घण्टा मर्यादित रूपमा देउसी–भैलो खेल्न पाइने गृह मन्त्रालयको परिपत्र | लक्ष्मी पुजाको समयमा बिजुली पसलमा भिषण आगलागी | लायन्स क्लब अफ नेपालगञ्ज जीवनद्वारा बाल संरक्षण गृहलाई खाद्य सामग्री सहयोग | देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन | प्रधानमन्त्री शाहले तिहारको शुभकामना दिँदै भने- पर्वले समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा दिओस् |

सुचना तथा प्रसारण विभागका निर्देशक भट्टराई सहितको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा स्वागत

महमूद आलम खान 1133+ समाचार ( )
प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेको सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा युथ टुडे न्युजका सम्पादक एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका संचालक चन्द्र बोहराले स्वागत गर्नु भएको थियो ।
७ मंगशिर २०७८, मङ्गलबार

बाँके । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालनका लागि मुगु जान लागेका सुचना तथा प्रसारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीलाई नेपालगञ्ज बिमान स्थलमा युथ टुडे न्युजका सम्पादक एंव मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खान र हाम्रो जनादेशका संचालक चन्द्र बोहराले स्वागत गर्नु भएको थियो । 

सुचना तथा प्रशारण विभागका निर्देशक सुदिप भट्टराई नेतृत्वको टोलीमा शाखा अधिकृत केशवराज शर्मा, लेखा प्रमुख केशव प्रसाद रेग्मी, प्राध्यापक डा. विजय मिश्रा, खगेन्द्र कार्की, अधिकार बुढा र बिष्णु सुबेदीलाई सम्पादक खानले खादा लगाएर विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

प्रेसपास ल्याउने, नविकरण गर्ने तथा पत्रपत्रिका र अनलाईन दर्ता नविकरण गर्नका लागि काठमाडौं धाउनु पर्न दुर्गमका पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै विभागको टोली मुगुमै पुगेर सेवा दिने सुचना विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताउनु भयो ।

प्रेसपास वितरणका साथै पत्रकारहरुका लागि क्षमता विकास तालिम समेत संचालन गरिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक भट्टराईले दुर्गमका पत्रकारहरुको राहतका लागि शिविर संचालन गरिदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ रिपोटिङ संगै महत्वपुर्ण काममा प्रेस पास अति आवश्यक पर्छ । पत्रकारहरुको सुरक्षा बीमा तथा सरकारी सेवा सुविधा सुनिश्चित गर्नका लागि प्रेसपासको भुमिका विशेष रहन्छ ।’ सो कुरालाई ध्यानमा राखेर मुगुमा शिबिर संचालन गर्न लागेको जिकिर गर्नु भयो ।

यसअघि विभागको टोलीले साविकको कर्णालीको केहि दुर्गम जिल्लामा प्रेसपास वितरणदेखि अनलाईन दर्ता शिविर संचालन गरेको थियो । विभागको टोलीलाई नेपालगञ्जबाट मुगु प्रस्थान गर्नु पुर्व सम्पादक खान र हाम्रो जनादेशका संचालक बोहराले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार