बास नेपालको २४ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

यूथ टुडे समाचारदाता 2394+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

बाँके  । भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालको २४ औं बार्षिकोत्सव समारोह नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले भ्रष्टाचार बिरुद्ध देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने बताए । 

उनले भ्रष्टाचार बिरुद्ध बास नेपालले निर्वाह गरेको भुमिका प्रभावकारी रहेको बताउँदै बास नेपालको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडकाले बास नेपाल भ्रष्टाचार बिरोधी खवरदारी गर्ने संस्थाको रुपमा स्थापित भएको बताए । 

कार्यक्रममा जनसेवा माबि खजुरा गिजराका प्रधानाध्यापक टंक दाहाल, बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष सिता बोहरा, निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, बालिका शिक्षा कार्यक्रमकी अल्मुनाई सृजना चौधरी लगायतले बोलेका थिए । 

बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा घोषणा बास नेपालका उपाध्यक्ष तथा छनौट समिति संयोजक शिब कुमार बर्माले घोषणा गरेका थिए । उत्कृष्ठ हुन सफल शाखा, प्रदेशलाई कार्यक्रममा प्रमुख अतिथि, अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले सम्मान प्रदान गरेका थिए । 

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्य समिति र कर्मचारीहरुको परिचय गराएका थिए । शाहले उत्कृष्ठ कर्मचारी घोषणा गरेका थिए । 

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा साँस्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । 

बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो । 

बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान 

बास नेपालको २४ औं बार्षिकोत्सब समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । 

बार्षिकोत्सबको अवसरमा ७ ओटा प्रदेश मध्ये कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानीत भएको छ । उत्कृष्ट प्रदेशको रुपमा ५ हजार नगद सहित सम्मान ग्रहण बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, प्रबक्ता राम बहादुर बटालाले गरेका थिए । 

हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास नेपाल दैलेख शाखा प्रथम हुन सफल भएको छ । यसैगरी सिराहा शाखा द्धितिय, डोटी शाखा तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. १० हजार, ७ हजार र ५ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । सम्मान ग्रहण बास नेपाल दैलेख शाखा अध्यक्ष हिक्मत बुढा, सिराहा शाखाका अध्यक्ष राम चन्द्र शाह र डोटी शाखाका अध्यक्ष सरिता कठायतले गरेका थिए । 

बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा २ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । कार्यक्रमका बिच बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, सहजकर्ता र रमिता शाहलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि र बास नेपालका केन्द्रीय अध्यक्षले नगद सहित सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए । 

यसैगरी बार्षिकोत्सबमा उत्कृष्ठ स्वयंसेवकको रुपमा पवनराज उपाध्याय र दिपिका देबकोटालाई सम्मान गरिएको छ । 

संस्थाले विगत लामो समय सम्म सदस्यको रुपमा क्रियाशिल ३ जनालाई सक्रिय सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । 

ईनोेभेटिभ नेशनल युथ अवार्ड प्रदान ः

बास नेपालले दांगका अशोक बेल्बासेलाई ईनोेभेटिभ नेशनल युथ अवार्ड २०२४ प्रदान गरिएको छ । 

लामो समय देखि स्वयंसेवकको रुपमा कार्यरत बेल्बासेलाई २५ हजार नगद सहित सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बास नेपालले आह्वान गरेको युथ अवार्डको आबेदनमा बिभिन्न जिल्लाका १२ जनाले आवेदन दिएका थिए । आवेदन दिएका स्वयंसेवकहरु मध्येबाट ७ जना अन्तिम प्रतिष्पर्धामा थिए । जस मध्ये ईसेवाका माध्यमबाट भएको मतदानमा सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने बेल्वासेलाई सो अवार्ड प्रदान गरिएको हो । 

अन्तिम प्रतिष्पर्धी दैलेखका राजेन्द्र अधिकारी, सुर्खेतका रचना सुनार, मालती बिक, सुजिता रोकाय, तनहुँका मोहम्मद गफ्फार र नवलपरासी पश्चिमका समिर परियारलाई सम्मान पत्र प्रदान गरिएको थियो । 

भवन निर्माणका लागि सहयोग, सम्मान ः 

बास नेपालका भवन निर्माणका लागि बार्षिकोत्सवमा बिभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । 

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले १ लाख १ हजार १ सय ११, केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले १५ हजार, केन्द्रीय सदस्य जोशिना थारुले ५० हजार, कर्मचारीहरु चन्द्रा बुढा, सुस्मिता तामांग, शोभा भण्डारी, रचना चौधरी, जमुना चौधरी, सविता सुनार, मेघा रानाले ५, ५ हजार प्रदान गरे । त्यसैगरी सक्रिय सदस्य भुपेन्द्र बस्नेतले ५ हजार, कोहलपुर उपशाखाकी पूर्ब अध्यक्ष अस्मिता पुनले ३ हजार प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले १ लाख रकम भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार