मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |
मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |


एनआरएनएको अध्यक्षमा आरके शर्मालाई ६ उपाध्यक्ष र एक युवा उपाध्यक्षको समर्थन

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ जना उपाध्यक्ष र एक युवा उपाध्यक्षले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन ।

बिधान अनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था रहेको छ । शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन ।

आरके शर्मालाई समर्थन गर्दै उनको एजेन्डालाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मलेसियाबाट हालका सचिव खगेन्द्र न्यौपाने, जापानबाट हालका उपाध्यक्ष रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद रहेका छन ।

शर्मालाई समर्थन गर्दै सबै क्षेत्रबाट मिलाएर उपाध्यक्षहरु खुलेका छन । उपाध्यक्षमा सबै क्षेत्र र बिचारका उम्मेदवारहरु सहभागी भएका छन । उपाध्यक्षमा उम्मेदवार सार्वजनिक गरिएका सबै चिर परिचीत अनुहार एनआरएनए अभियानमा बर्षौ बिताएका अभियन्ताहरु रहेका छन ।

एनआरएनएको निर्वाचनमा खुल्ला तर्फ ६ उपाध्यक्ष र एक युवा उपाध्यक्ष चुनिने व्यवस्था रहेको छ ।

सोमबार ४० देशका गैरआवासीय अभियन्ता भेटेर उनिहरुको साथ समर्थन बटुलेर शर्मा काठमाडौं आइपुगेका थिए । शर्मालाई गैरआवासीय अभियन्ता तथा समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

शर्माले गत बुधबार कर्मभूमि कतारबाट २४ महिनामा २४ वटा बाचा सार्वजनिक गर्दै आफनो उम्मेदवारी घोषणा गरेका थिए ।

शर्माको बाचामा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन ।

यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् । श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गर्ने शर्माको योजना छ ।

अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् । यस्तुै गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन् । ‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ ।

यस्तै सांगठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् । देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो–तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्नेलगायतका शर्माले गरेका छन ।

शर्मा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा संलग्न छन । उनी एनआरएनएको हालका उपाध्यक्ष समेत हुन ।

एनआरएनएको एघारौ अधिवेसन यही अक्टोवर १७ देखी २० सम्म हुदैछ । हालसम्म अध्यक्षमा शर्मासहित महेश श्रेष्ठ,बद्री केसी,रविना थापा र विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । उनिहरु सँगै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । आगामी महाधिवेसनमा शर्मा र श्रेष्ठबिच प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार