मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

इद मनाउन काठमाडौबाट बर्दिया आउन लागेका पूर्व मन्त्री खान सवार गाडी दुर्घटना

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौँ । पूर्वमन्त्री एंव उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान दुर्घटनामा पर्नु भएको छ । सोमबार बिहान काठमाडौँबाट बर्दिया आउने क्रममा खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उहाँका निजि सचिव अतिउल्ल मुसलमानले जानकारी दिनु भयो । 

दुर्घटनामा परेर खान सहित ४ जना घाइते भएका हुनु भएको छ। इद पर्व मनाउन गृह जिल्ला आउने क्रममा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका खान निजी सचिवालयका सदस्यहरुसहित बर्दिया आउने क्रममा दुर्घटना भएको हो ।

पूर्व मन्त्री खान सवार एबि ए सी २७३५ नम्बरको गाडीलाई ठक्कर दिने गाडी फरार रहेको प्रहरीले जनाएको छ भने घाईते पूर्व मन्त्री खान सहित उहाँको सचिवालयको सदस्यहरुलाई एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको धादिङ प्रहरीले जनाएको छ । पूर्व मन्त्रीको सचिवालयका अनुसार पूर्व मन्त्री खानको बाया हात फ्यक्चर भएको छ भने उहाँको डराभर मोहम्मद अलिम मन्सुरी, सचिवालय सदस्य अनवार खान, निजि सचिव अतिउल्ला मुसलमान र सुरक्षा गार्ड घाईते भएका छन् । घाईते सबैको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार