मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जनयुद्ध दिवसको अवसरमा भलिबल खेल आयोजन गर्ने - अध्यक्ष शाही

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
माओवादी केन्द्र नगर कमिटीले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भएको थियो ।
२२ माघ २०७९, आइतबार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेको जिल्ला समिति निस्क्रिय भए पछि नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्र नगर कमिटीले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भएको थियो ।

अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले बताउनुभयो  ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी दिनु भयो । टिम दर्ता गर्नका लागि खेलकुद उपसमितिका संयोजक वसन्त मल्ललाई ९८५८०२५६२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार