मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

जनयुद्ध दिवसको अवसरमा भलिबल खेल आयोजन गर्ने - अध्यक्ष शाही

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
माओवादी केन्द्र नगर कमिटीले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भएको थियो ।
२२ माघ २०७९, आइतबार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेको जिल्ला समिति निस्क्रिय भए पछि नेपालगन्ज उपमहानगर कमिटीले २७औं जनयुद्ध दिवसको अवसरमा नेपालगन्जमा भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्र नगर कमिटीले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत नगर अध्यक्ष रतन शाहीले भलिबल खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भएको थियो ।

अध्यक्ष शाहीका अनुसार, फागुन १ र २ गते खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई ३५ हजार रुपैयाँ र तृतीय हुने टिमलाई २० हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र तथा कप प्रदान गरिनेछ । त्यसैगरी, उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरलाई जनही ३/३ हजारका दरले प्रदान गरिने अध्यक्ष शाहीले बताउनुभयो  ।

उक्त प्रतियोगितामा भाग लिन चाहने टिमहरुले माघ २३ गतेदेखि २९ गते बेलुका ५ बजेसम्म सम्पर्क गरी टिम दर्ता गर्न सकिने बताइएको छ । टिम दर्ता गर्दा ३ हजार रुपैयाँ शुल्क लाग्ने अध्यक्ष शाहीले जानकारी दिनु भयो । टिम दर्ता गर्नका लागि खेलकुद उपसमितिका संयोजक वसन्त मल्ललाई ९८५८०२५६२७ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार