मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |

जोगा गाउँमा सुरु भयो तीन दिने ‘पूर्णिमा नहान मेला’

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
राप्ती किनारमा उमंग र आस्थाको जनसागर
२० कार्तिक २०८२, बुधवार

बाँके । कार्तिक पूर्णिमाको पावन अवसरमा बाँकेको जानकी गाउँपालिका–२ जोगा गाउँमा सुरु भएको तीन दिने “पूर्णिमा नहान मेला” उत्साह र भव्यताका साथ आरम्भ भएको छ । मेलाको उद्घाटन जानकी गाउँपालिका अध्यक्ष छब्बन खान र लुम्बिनी प्रदेश सभा सदस्य बादसाह कुर्मीले संयुक्त रूपमा गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य कुर्मीले भन्नुभयो,“पूर्णिमा नहान मेला हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानको प्रतीक हो । यस्तो मेलाले गाउँमा ऐक्यबद्धता र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउँछ ।”

त्यसैगरी गाउँपालिका अध्यक्ष खानले भन्नुभयो,“यो मेला केवल धार्मिक उत्सव मात्र होइन, यसले स्थानीय आर्थिक गतिविधि र सामाजिक सद्भाव बढाउने अवसर पनि प्रदान गर्छ । गाउँपालिकाले मेलाको व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिएको छ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले गाउँपालिकाको तर्फबाट मेलाको सफलताको शुभकामना व्यक्त गर्दै भन्नुभयो,“मेलालाई व्यवस्थित र सहज बनाउन गाउँपालिकाले स्थानीय निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सहकार्य गरेको छ ।”

जानकी गाउँपालिका वडा नं ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवका अनुसार मेलामा नेपालका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट हजारौं श्रद्धालुहरू आउने गर्छन् । उहाँले बताउनुभयो,“पूर्णिमाको बिहान भक्तजनहरूले राप्ती नदीमा पवित्र स्नान गरी पूजा–अर्चना र धार्मिक अनुष्ठानमा सहभागी हुने परम्परा रही आएको छ ।”

मेलामा सांस्कृतिक कार्यक्रम, भजन–कीर्तन, धार्मिक प्रवचन, मेलामा आउने व्यापारिक स्टलहरू र स्थानीय उत्पादनको प्रदर्शन पनि गरिएको छ । जोगा गाउँ आज बिहानदेखि नै श्रद्धा र उत्साहले भरिएको देखिन्छ, जसले गाउँमा पर्वमय वातावरण सिर्जना गरेको छ ।

कार्तिक पूर्णिमाको धार्मिक ऊर्जा, स्थानीय उत्साह र सामाजिक एकतालाई जोड्ने यो तीन दिने नहान मेला अहिले जानकी गाउँपालिकाको सांस्कृतिक पहिचान र पर्यटन आकर्षणका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार