मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

जनचाहना अनुसार म खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छु- सुधिर शुक्ला

महमूद आलम खान 1133+ समाचार ( )
राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहनु भएका शुक्लालाई अबको गाउँपालिका अध्यक्षमा उठ्नका लागि जनताहरुको सल्लाह, सुझावसमेत आएको बताउँछन् ।
१ पौष २०७८, बिहीबार

बाँके जिल्लाको खजुरा गाउँपालिकामा सामाजिक र राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो सुधिर शुक्ला । कम बोल्ने काम बढी गर्ने स्वभावले समाजमा सामाजिक ब्यक्तित्वकारुपमा शुक्लाले आफूलाई उभ्याएका छन् । सामाजिक क्षेत्रमा काम गरेर जनताको मन मनमा बस्न सफल भई सबै क्षेत्र,समुदायहरुले रुचाएका पात्र समेत हुन् । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहनु भएका शुक्लालाई अबको गाउँपालिका अध्यक्षमा उठ्नका लागि जनताहरुको सल्लाह, सुझावसमेत आएको बताउँछन् । सुधिर शुक्ला संग समसामयीक विषयमा युथ टुडे न्युजले गरेको संक्षिप्त कुराकानी :

आफ्नो परिचय दिनु पर्दा कसरी दिनुहुन्छ ?

म आफूलाई एक सामाजिक, राजनैतिक ब्यक्तिकारुपमा परिचित गराउन चाहन्छु । यस क्षेत्रका जनताले सुधिर शुक्ला भनेको जनताको बिचमा गई पिर मर्काहरु बुझ्ने युवा नेताका रुपमा आफुलाई समाजमा उभ्याएको छु । 

राजनीति तथा सामाजिक क्षेत्रमा क्रियाशील हुनका लागि आर्थिक स्रोतको कसरी ब्यवस्थापन गर्नुहुन्छ नि ?

अबश्य पनि राजनीति गर्ने मानिसहरुले राजनीतिलाई पेशा बनाएका कारण यस क्षेत्रलाई बदनाम बनाएका छन् । आफू आर्थिकरुपमा सक्षम हुन सकिएन भने जनताले समेत यसको आर्थिक जोहो कसरी गरिरहेको छ भन्ने प्रश्न गर्छन् त्यसैले मेरो ब्यवसाय समेत छ । मेरो राइस मिल छ  त्यसैगरि तेल मिल पनि छ । यसका अलावा मैले मासिकरुपमा बिपन्नहरुलाई सहयोग समेत गर्ने गरेको छु ।

सामाजिकरुपमा सहयोग गरेको कुरा गर्नुभयो ? यहाँले मासिकरुपमा के कति सहयोग गर्ने गर्नुहुन्छ होला ?

जनताको दुखःको बेला सामाजिक क्षेत्रमा मेरो मासिक २ लाख भन्दा धेरै खर्च हुन्छ । मैले बिपन्नलाई राहत बितरण देखि बिभिन्न सहयोग समेत गर्ने गरेको छु ।  लकडाउनको समयमा त्यो बेला कुनै नेता घर बाहिर निस्कीएका थिएनन् । मलाई भन्ने गर्थे यिनले कोरोना फैलाउने भए । तर म डराएन अझ समाजमा साबुन, सेनेटाइजर कोरोनाको समयमा बाडेँ । गरिब परिवारलाई राहत बितरण गरेँ ।

आगामी चुनावमा कुन पदमा उम्मेदवारी दिनुहुन्छ वा के गर्नुहुन्छ ? कुनै योजना बनाउनुभएको छ कि ?

आगामी चुनावमा मैले स्थानिय तहबाट उम्मेदवारी दिने सोँच बनाएको छु । खजुरा गाउँपालिकाको अध्यक्षमा मेरो उम्मेदवारी रहने जानकारी गराउन चाहन्छु । जनताले राम्रो विश्वाँस गरेका छन् । अरुलाई पनि चान्स दिनुपर्छ । जनताको सुझाव गाउँपालिकामा उठ्नुहोस भन्ने आएको हुनाले मैले यो पटक खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छु ।

तपाईले पार्टीबाट टिकट पाउने सम्भावना छ त ? अनि चुनावमा त कडा प्रतिस्पर्धा हुँदै छ नि होइन ?

म राष्ट्रिय प्रजातन्त्र पार्टी संग जोडिएको छु । पार्टीबाट मैले नै टिकट पाउँछु । जनताले मलाई विश्वांस गरेका छन् ।  अन्य पार्टी भन्दा स्थानिय तहमा हामी धेरै बलियो भएको हुँदा कडा नै प्रतिस्पर्धा त हुँदैन । हाम्रो पार्टीका उम्मेदवारहरु धेरै मतान्तरका साथ चुनावमा विजयी हुने छन् ।

यहाँलाई आगामी चुनावका लागि अग्रीम शुभकामना सहित अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

यहाँलाई पनि धेरै धेरै धन्यवाद । मलाई यस कार्यालयमा बोलाई आफ्ना कुरा समग्र पार्टीका कुरा राख्ने मौका दिनु भयो त्यसका लागि आभारी छु ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार