मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

मन्त्री अथकको पहलमा बाँकेमा १ सय ७६ योजना छनौट

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
युवा तथा खेलकुद मन्त्री अथकको पहलमा बाँकेमा विभिन्न मन्त्रालयबाट
८ असार २०७९, बुधवार

काठमाण्डौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा बाँके जिल्लाकालागि १ सय ७६ योजना छनौट भएका छन ।

मन्त्री अथकले आ.व.२०७९/०८० को बजेट भाषण मार्फत विभिन्न मन्त्रालयका १ सय ७६ योजनाहरु जिल्ला भित्राउन सफल भएका हुन ।

जसमध्ये बाँकेको खेलकुद क्षेत्रकालागि मात्र ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ । युवा तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेल पुर्वाधार निर्माण तथा प्रतियोगिता संचालन शिर्षकमा ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ भने युवाकालागि १० लाख बजेट विनियोजन गरीएको छ ।

मन्त्री अथकको पहलमा भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत बाँकेकालागि ४० वटा योजना छनौट भएका छन । त्यसैगरी खानेपानी मन्त्रालय अन्तर्गत ५४, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत १७, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ३, बन तथा वातावरण मन्त्रालय अन्तर्गत ८ र संस्कृती पर्यटन तथा नागरीक उद्दयन मन्त्रालय अन्तर्गत ५ वटा योजना छनौटमा परेका छन ।

त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय अन्तर्गत ६, भुमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत ४, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत १२, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ११ र शहरी विकास मन्त्रालय अन्तर्गत १६ वटा योजना समावेश भएका छन ।

बाँकेका ८ वटा पालिकालाई प्राप्त हुने अन्तर सरकारी वित्त हस्तान्तरण रकम बढाउन समेत मन्त्री अथकले महत्वपूर्ण भुमिका खेलेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार