मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो - मन्त्री गुप्ता

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपले सिर्जना गरेको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण भएको छ ।

धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् ।

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाका दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनलाई कडा निर्देशन दिएका छन् ।

“कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो । नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले भनेका छन् ।

झडपपछि दुवै समुदायका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

मुलुककै आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा सामाजिक सद्भावमा खल्बल ल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगञ्जवासीलाई संयमित र सजग रहन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार