मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

कोहलपुर । बाँकेको कोहलपुरमा संचालन गरिएको तिव्र कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा जिल्लामा संचालन गरेको पोषण परियोजना अन्तर्गत सो तालिम कोहलपुर नगरपालिकामा सम्पन्न भएको हो ।  

सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न सक्षम बनाउनु रहेको क्लबले जनाएको छ । तालिममा कुपोषणको पहिचान, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीपमा विशेष जोड दिइएको थियो ।

कार्यक्रमको उद्घाटन सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रेम प्रसाद पाण्डेले गर्नुभएको थियो ।

संयोजक विश्वकर्माले पोषण क्षेत्रमा पहिल्यै दक्षता भएपनि यस तालिमले ज्ञान अद्यावधिक गर्नुका साथै सेवा प्रवाहमा आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा, आमा समूह र युवा क्लबको सक्रिय सहभागिताले कार्यक्रमको प्रभाव अझ दीर्घकालीन हुने उल्लेख गर्नुभयो ।

अद्यावधिक निर्देशिका अनुसार सञ्चालन गरिएको सो तालिममा प्राविधिक ज्ञान प्रदान गर्न प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागितामूलक विधिहरू प्रयोग गरिएको थियो । यसले सहभागीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सरोकारवालाबीच समन्वय र सहकार्य पनि सुदृढ बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्त मल्ल, जनस्वास्थ्य अधिकृत अनिल कुमार सेन तथा जनस्वास्थ्य प्रशिक्षक अमृत राणाले गर्नुभएको थियो ।

प्रमुख अतिथि पौडेलले समुदायको पोषण अवस्थालाई सुधार गर्न प्रभावकारी कार्यक्रम सञ्चालन, सूक्ष्म योजना तथा समयमै गुणस्तरीय उपचार सेवा अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार सेनले सहभागीहरूलाई अद्यावधिक प्रोटोकल अनुसार काम गर्न आग्रह गर्दै महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गर्ने, पालिकासँग सहकार्य गर्दै पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाको स्क्रिनिङलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले बाँके युनेस्को क्लब र हेलन केलर इन्टरनेशनल नेपाललाई प्राविधिक तथा आर्थिक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

तालिममा कोहलपुर नगरपालिकाका वडा नम्बर १ देखि १५ सम्मका २४ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार