मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट समस्या बढ्दै

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

बाँके ।  बाँकेको नेपालगन्ज सहित ग्रामीण क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतमले बताउनु भयो । 

डाक्टर अस्मिता गौतमले भन्नुभयो, “अत्यधिक गर्मीकै बिच केही दिन लगातार परेको वर्षाले जिल्लामा मनसुनजन्य रोगको सङ्क्रमण बढेको छ ।” उहाँले भन्नुभयो, ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका बिरामी सँगै शरीर चिलाउने, बच्चाहरूमा पिलो आउने, घमौरा, छालामा सङ्क्रमण लगायतका बिरामी बढिरहेको जानकारी दिनु भयो ।  ।

अस्पतालमा अहिले दैनिक ८ देखि १० जनामा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण र ७० देखि ८० जनामा अन्य छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा. गौतमले जानकारी दिनु भयो ।

‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण तीव्र रुपमा बढी रहेको बताउँदै उहाँले भन्नुभयो, कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन सुझाव दिनु भयो ।  कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो  । 

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन डा. गौतमले आग्रह गर्नु भयो । डा. गौतमले भन्नुभयो,“यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनेको सङ्ख्या बढिरहेको छ ।  सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ ।”,

यस्तै भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गर्नुभयो । 

डा. रिसालले भन्नुभयो, “ छाला रोग सँगै झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम बढेको बताउनुभयो । उहाँले मनसुनजन्य रोग लागेका बिरामीहरू दैनिक सय भन्दा बढीको सङ्ख्यामा अस्पतालमा उपचारका लागि पुगिरहेको बताउनुभयो ।  साभार ः रेडियो नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार