मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

नयाँ सरकार गठनको रस्साकसी सुरु

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् ।
१८ मंगशिर २०७९, आइतबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ ।

गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् ।

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्नेछ । जुन संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो ।

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिने हुँदा इतरसमूहबाट सोही संख्यामा सांसद निर्वाचित भएका छन् । ५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जनअनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्नेछ ।

प्रत्यक्षमा सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउनेछ । उसको जम्मा २१ जना सांसद रहने देखिन्छ । सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन् । निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेको थियो । राप्रपा वामपन्थी पार्टी होइन । ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसको भूमिका कस्तो रहन्छ अहिले नै खुलिसकेको छैन । राप्रपाका नेताहरूले सरकारमा नजाने बताउन थालेका छन् ।

एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् । यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चौधरीका बाबु लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ । प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । साह एमालेको टिकट लिएर अन्तिममा सो पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार