मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

भेरी अस्पतालको चिकित्सक र नर्सहरुको लाप्रवाहीले नाजिया सहित २ जना शिशुको मृत्यु

यूथ टुडे समाचारदाता 3535+ समाचार ( )
भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले न्याय माग्दै अस्पताल प्रशासन घेरा हालेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।
३० श्रावण २०७९, सोमबार

बाँके । भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले न्याय माग्दै अस्पताल प्रशासन घेरा हालेका छन्। अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नाजिया खातुनको मृत्यु भएको हो ।  

सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए।  

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए। चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चाको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन्। परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ। पिडित पक्षले उपचारमा संलग्न चिकित्सक र नर्सहरुलाई सार्वजनिक गरी मृत्युको वास्तविक कारण बताउनु पर्ने माग राखेका छन् । पिडितहरुले अस्पतालका मेसु बद्री चापागाई आफनो मलहम पट्टी क्लिनिकमा समय बिताउने गरेको र उपचारमा संलग्न नर्सहरु टिकटक बनाएर बस्ने गरेको आरोप लगाउदै उनीहरुले चिकित्सक र नर्सहरुको लाप्रवाहीका कारण रजिया सहित उनको २ वटा बच्चाको ज्यान गएको आरोप लगाएका छन् । नेपालगञ्ज ५ का वडा अध्यक्ष सराफत, ८ का निखिल लगायतको ब्यक्तिहरु अस्पताल प्रशासन संग घटनाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार