मुख्य समाचार
‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय |
मुख्य समाचार
‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय |


‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ

यूथ टुडे समाचारदाता 3532+ समाचार ( )
१३ भाद्र २०८३, शनिबार

बाँके । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आफ्नो पार्टी ‘रगत बगाउनेभन्दा पसिना बगाउने श्रमदाता’हरूको पार्टी भएको बताउनुभएको छ। उहाँले भाषण, आश्वासन र आरोप–प्रत्यारोपभन्दा प्रत्यक्ष श्रम र त्यसबाट प्राप्त परिणाममा विश्वास गर्ने राजनीतिक संस्कार निर्माण गर्न आफूहरू अघि बढिरहेको बताउनुभयो।

नेपालगञ्जमा आज शनिबार आयोजित पार्टीको बृहत् अगुवा श्रमदातासँग हातेमालो तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले नेपालको समृद्धिको मुख्य आधार श्रम भएको बताउनुभयो । श्रमलाई व्यक्ति, समाज र राष्ट्र निर्माणसँग जोड्न नसकेसम्म मुलुकले वास्तविक समृद्धि हासिल गर्न नसक्ने उहाँको भनाइ थियो।

“हाम्रो पार्टीमा नेता र कार्यकर्ता हुँदैनन्, यहाँ श्रमदाता हुन्छन्। हामी भाषणमा होइन, काममा विश्वास गर्छौँ,” अध्यक्ष साम्पाङले भन्नुभयो।

उहाँले आफू पनि श्रमकै माध्यमबाट राजनीतिमा स्थापित भएको उल्लेख गर्दै काम र श्रमबाट विश्व कीर्तिमान कायम गरेको बताउनुभयो। श्रमदाता बन्न सहज नभए पनि श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष साम्पाङले सत्यलाई घुमाएर नभई जस्ताको तस्तै प्रस्तुत गर्नु आफ्नो राजनीतिक मान्यता भएको बताउनुभयो । पार्टीले सत्य र स्पष्टतालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले “सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्ने” स्पष्ट राजनीतिक उद्देश्य आफूहरूले बोकेको बताउनुभयो।

उहाँले राजनीतिलाई भाषण, आश्वासन र आरोप–प्रत्यारोपमा सीमित नगरी प्रत्यक्ष श्रम र परिणामसँग जोड्नुपर्नेमा जोड दिनुभयो। देश निर्माणको जिम्मेवारी नागरिकको पनि भएकाले प्रत्येक नागरिक श्रमसँग जोडिनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष साम्पाङले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। मुलुक बाढी र पहिरोका कारण शोकमा रहेका बेला नेपालगञ्जमा कार्यक्रम गर्नुपरेको भए पनि कार्यक्रम पूर्वनिर्धारित भएकाले आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो।

उहाँले अहिलेको अवस्थामा घाइतेको उद्धार, मृतकको शव व्यवस्थापन, राहत तथा पुनःस्थापना नै पार्टीको प्राथमिकता रहेको बताउनुभयो। आफू व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा उपस्थित हुन नसके पनि पार्टीका महासचिव तथा श्रमदाता प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा सक्रिय रहेको उहाँले जानकारी दिनुभयो।

सरकारलाई आवश्यक सहयोग गर्न पार्टी तयार रहेको उल्लेख गर्दै अध्यक्ष साम्पाङले प्राकृतिक विपत्तिका बेला राजनीतिक आरोप–प्रत्यारोपभन्दा मानवीय सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गर्नुभयो।

बाढीपीडितका नाममा पार्टीले छुट्टै राहत संकलन नगरेको स्पष्ट पार्दै उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत मात्र राहत संकलन गर्ने नीति रहेको बताउनुभयो।

“विपत्तिको समयमा आरोप–प्रत्यारोप गर्ने होइन, संकटमा परेका नागरिकको उद्धार र पुनःस्थापनामा लाग्नुपर्छ,” उहाँले भन्नुभयो।

अध्यक्ष साम्पाङले मुलुकको समृद्धिको बहसलाई प्रकृति, संस्कृति र प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। यी तीन पक्षबीच सन्तुलन कायम गर्न सके मात्रै जीवन सार्थक र समाज दिगो बन्न सक्ने उहाँको भनाइ थियो। “प्रकृति, संस्कृति र प्रवृत्ति हाम्रो दर्शन हो,” उहाँले भन्नुभयो ।

विकासका नाममा प्रकृतिको विनाश तथा प्रविधिको अन्धाधुन्ध प्रयोग स्वीकार्य नहुने बताउँदै उहाँले विकास र वातावरणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालगञ्जमा आयोजित कार्यक्रममा मुस्लिम नेतृ कश्मिरा खातुन, नेता मोहम्मद इम्तियाज राईलगायत पाच सयभन्दा बढी व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश गरेको कार्यक्रम संयोजक राजन राना मगरले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक राना मगरका अनुसार खातुन नेपाली कम्युनिष्ट पार्टीबाट श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो । नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष साम्पाङलगायत नेताहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीकी केन्द्रीय उपाध्यक्ष आशा लामा, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख शान्ति गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर दलामी मगर, केन्द्रीय सदस्य देविराज गरन्जा, धनबहादुर विकलगायतको उपस्थिति थियो।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले श्रम, उत्पादन, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वलाई राजनीतिको केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार