मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

हज व्यवस्थापनका लागि HMIS सुचना प्रणाली लागु

महमूद आलम खान 1133+ समाचार ( )
हज गर्न इच्छुक कुनै पनि नेपाली मुस्लिमले अनलाइन मार्फत आवेदन दिनसक्ने
१४ कार्तिक २०७८, आइतबार

बाँके । मुस्लिम समुदायद्धारा सउदी अरबको मक्का मदिनामा हरेक वर्ष गरिने अनिवार्य धार्मिक कार्य हज को व्यवस्थापनका सम्पुर्ण प्रक्रियाहरुलाई विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । 

सो का लागि केन्द्रिय नेपाल हज समितिले तयार गरेको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा देशका विभिन्न जिल्लामा पुगेर जिल्ला प्रशासन कार्यालय प्राविधिकहरुलाई जानकारी गराउने कार्यलाई तिब्रता दिएको छ । 

सोही क्रममा नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयले आइतवार नेपालगञ्जमा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल हज समितिका अध्यक्ष सम्सेर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दांग र सल्यान जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयका फोकल पर्सन र कम्प्युटर अपरेटरको सहभागिता रहेको थियो । 

हजयात्रीको यात्रा व्यवस्थापनका सम्पुर्ण प्रक्रिया र कार्यलाई पुर्णत विद्युतीय प्रणाली मार्फत गर्न तयार पारिएको ‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा कार्यक्रममा सहभागिहरुलाई प्रयोगात्मक जानकारी गराईएको नेपाल हज समितिका केन्द्रिय अध्यक्ष हाजी शम्सेर मियाँले बताउनुभयो । 

उहाँले अबदेखि हज गर्न इच्छुक कुनै पनि नेपाली मुस्लिमले अनलाइन मार्फत आवेदन दिनसक्ने र छनौटमा परेको जानकारी पनि अनलाइनमार्फतनै पाउन सकिने बताउनुभयो । 

कार्यक्रमका सहभागिहरुलाई हज समितिका अध्यक्ष मियाँ तथा नेपाल हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेल लगायतले जानकारी गराउनु भएको थियो । 

सो अवसरमा नेपाल हज समितिका केन्द्रिय सदस्यहरु मोहम्मद फाजिल, कल्पना मियाँ, बद्रुदुजा खाँ, मेराज अहमद र फजिर बक्सको पनि उपस्थिति रहेको थियो । 

‘हज व्यवस्थापन सुचना प्रणाली’का बारेमा देशका ४० वटा जिल्लाका सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराईने हज समितिको सचिवालयका सदस्य सचिव कृष्ण पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार