मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

वाकाथनको टिसर्ट सार्वजनिक

महमूद आलम खान 1133+ समाचार ( )
भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन -Nepalgunj Walkathon) को टिसर्ट सार्वजनिक गरिएको छ
२१ मंगशिर २०७८, मङ्गलबार

बाँके । भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन -Nepalgunj Walkathonको टिसर्ट सार्वजनिक गरिएको छ । 

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुने सो कार्यक्रमको टिसर्ट आज सार्वजनिक गरिएको हो । 

बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् ।

टिसर्टमा नेपालगञ्ज वाकाथन -Nepalgunj Walkathon को लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं -lets walk together for Anti-corruption) भन्ने सन्देश उल्लेखित रहेको छ । 

आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।   

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ । 

सोही दिवसको अबसरमा बास नेपालले नेपालगञ्ज वाकाथन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यका साथ आयोजना गर्न थालिएको नेपालगञ्ज वाकाथनको नारा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं -lets walk together for Anti-corruption)  भन्ने रहेको छ । 

वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझि चौक, न्यूरोड, सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडी गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिनेछन् । 

नेपालगञ्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्सिय समिति सक्रियताका साथ कार्य गरिरहेका छन् ।

कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, बर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार