मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुर २ का अध्यक्ष मसुद मदरसाहरुको अनुगमन गर्दै, दिवा खाजा प्रभावारी बन्यो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा र बिद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।
३० श्रावण २०७९, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा र बिद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।

नरैनापुर गाँउपालिकाले सबैको शिक्षामा पहुच भन्ने उद्देश्यका साथ सुरु गरेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालय सम्म आउने वातावरण तयार भएको नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए । 

वडा अध्यक्ष शाह सोमबार मदरसाको अनुगमन गरे पश्चात भने,‘नरैनापुरमा विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था देखे पछि दिवा खाजा कार्यक्रम लागू गरिएको छ’, 

नरैनापुरमा विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका करिब ४० प्रतिशत विद्यार्थीहरूमध्ये दिवा खाजा सञ्चालन भएपछि ३५ प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको वडा अध्यक्ष शाहको भनाई थियो । 

नरैनापुर–२ लक्ष्मणपुरमा रहेको मदरसा सिराजिया इसरारुल उलूम लगायत नरैनापुर क्षेत्रमा दिवा खाजा कार्यक्रम संचालनमा आए पछि मदरसा लगायत विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रूपमा वृद्धि भएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताए ।

उनले भने, ‘विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो । तर, अहिले दिवा खाजाले मदरसा र विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । नयाँ जो विद्यालय बीच मै छोडेकाहरू पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।

उनले दिवा खाजा कार्यक्रमको प्रभावका कारण पछिल्लो समयमा विद्यार्थीको नयाँ भर्नाको संख्या पनि उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

यस्तै नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थीको बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । अत्यन्तै न्यून विद्यार्थी रहेको मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले बताए ।

नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ वटा र विद्यालय बाहिर सञ्चालनमा रहेका तीनवटा बालविकास केन्द्रमा गरी ५० विद्यालय मदरसामा दिवा खाजा सञ्चालनमा रहेको नरैनापुर गाँउपालिकाका इश्तियाक अहमद शाहले जानकारी दिए । नरैनापुर गाउँपालिकाले शिक्षालाई विषेश प्राथामिकतामा राखेर काम गरी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार