मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

हुलाकी सडकको दुर्दशा, सात दिन भित्रै निर्माण नगरे अनशनमा बस्ने अध्यक्ष शाहको चेतावनी

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

बाँके । बाँकेको हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्ड जिर्ण बनेको भन्दै सडकलाई तत्काल व्यवस्थित गर्न सम्बन्धित पक्षलाई नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले ध्यानाकर्षण गराउनु भएको छ । 

दशैँ नजिकिँदै गर्दै हुलाकी राजमार्ग अन्तर्गत राप्ती नदीस्थित सडक खण्ड निर्माण नहुँदा आवागमनमा समस्या हुदै आएको भन्दै स्थानीयवासी र जनप्रतिनिधिहरू विगतदेखि नै सडक निर्माण गर्न माग गर्दै आएका छन् ।

‘राप्ती पुल र सडक निर्माणको ठेक्का लागेको छ, काम कछुवाको गतिमा भइरहेको छ, सडकमा चारैतिर खाल्डाखुल्डी मात्रै छन् । दैनिक सवारी दुर्घटना भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सोमबार सार्वजनिक आह्वान गर्दै भन्नु भएको छ, ‘सडक बनाइदिन सडक डिभिजन कार्यालय बाँकेलाई पटक–पटक आग्रह ग¥यौँ,। तर सडकको निर्माण हुन सकेन ।’

सडकको दुरावस्थाका कारण दैनिक रुपमा दुर्घटना हुदै आएकोले ७ दिन भित्रै सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने बताउनु भयो ।

हुलाकी राज मार्ग निर्देशनालय नेपालगंजका प्रमुख लिला भण्डारीले नरैनापुर गाँउपालिकाका अध्यक्षसँग समस्या समाधानका लागि कुराकानी तथा सरसल्लाह भइरहेको बताउनुभयो । उहाँले उक्त सडकलाई ग्राबेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि यथाशिघ्र काम थालिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सडक डिभिजन कार्यालय नेपालगंजका प्रमुख नरेन्द्र भट्टले हुलाकी सडक जिर्ण बने पछि स्थानीयले सास्ती खेप्नु परेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधिन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको उल्लेख गर्नु भयो । भट्टाले भन्नुभयो, हुलाकी राज मार्ग निर्देशनालय संग समन्वय गरी तिन दिन भित्रै सडकको निर्माण हुने जिकिर गर्नु भयो । 

खाल्डाखुल्डीलाई समेत पुर्नेतर्फ वास्ता नगर्दा सवारी आवतजावतमा समस्या मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाएको छ । खनेर छाडेको सडकका कारण वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिँड्नुपर्दा स्थानीय आजित भएका छन् । निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि स्थानीयहरूले पटक–पटक विरोध गर्दै आएका छन् । तर, सरकार र निर्माण कम्पनीले कुनै सुनुवाइ नगरेपछि नरैनापुरका अध्यक्ष शाहले अनशन बस्ने चेतावनी दिएका छन् । 

राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४, ५, ६ र ७ का नागरिक र सिङ्गो नरैनापुर गाउँपालिकाका नागरिकहरु सदरमुकाम नेपालगन्जसम्म आवतजावत गर्दा राप्ती नदीस्थित सडक खण्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र उक्त सडकमा यात्रा गर्दा कष्टदायी बन्नुपरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार