मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कांग्रेसको वडादेखी जिल्ला तहको निर्वाचनका लागि भट्टराईको संयोजकत्वमा परिचालन समिति गठन

महमूद आलम खान 1133+ समाचार ( )
कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न गर्नका लागि कात्तिक २६ गते उम्मेदवारी दर्ता गर्ने
२३ कार्तिक २०७८, मङ्गलबार

बाँके । बाँकेमा नेपाली कांग्रेसको वडादेखी जिल्ला तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईको संयोजकत्वमा रहेको समितिको सह-संयोजकमा सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाही तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डि.एल.ए. बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव(निर्वाचन ब्यवस्थापक), नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली(प्रवक्ता), नेपाल प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत रहनु भएको छ । यस्तै सदस्यमा शिक्षक संघ बाँकेका उपाध्यक्ष पुष्पा ज्ञवाली, संघका सचिव ऋषिराज शर्मा, अधिवक्ता प्रभाकर भट्टराई(सचिव) र अधिवक्ता मेहरसिंह खत्रीलाई आर्थिक ब्यवस्थापनको जिम्मेवारी दिइएको छ । 

यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न गर्नका लागि कात्तिक २६ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो । त्यसअघि यही कात्तिक २५ गते ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नेपालगन्जमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिने निर्वाचन परिचालन समितिका सदस्य एवम् डि.एल.ए. बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार बिहान ११ बजे पहिलो चरणमा नरैनापुर, राप्ती सोनारी, बैजनाथ, डुडुवा र खजुरा गाउँपालिकाका विभिन्न वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ, भने सोही दिन दिउँसो २ बजे नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ । 

निर्वाचन समितिका अनुसार यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न हुनेछन् । यस्तै कात्तिक ३० गते गाउँपालिका/नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन सम्पन्न हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार