मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको हो ।
१३ चैत्र २०७९, सोमबार

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच मंगलबार दिउँसो १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । भोलि दिउँसो ४ बजे गठबन्धन दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

६ गते संसदबाट दोस्रोपटक विश्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । सो क्रममा उनले आज बिहान देउवा र नेपालसँग छलफल गरेका हुन् ।

दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । साथै उनीहरुबीच मन्त्रिमण्डल विस्तार, संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार