मुख्य समाचार
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार | कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित | मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र पारित, ऐन निर्माणको तयारीमा सरकार |

नेपालगञ्जमा मंगलबार “सदभाव र्‍याली” निकालिदै, सहभागी हुन सबै संग अपिल

यूथ टुडे समाचारदाता 3591+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

बाँके । बाँकेमा केही दिन यता दुई फरक धर्मका समुदायबिच बढ्दो तनावलाई मध्यनजर गरी नेपालगञ्जमा मंगलबार “सद्भाव र्‍याली” निकालिने भएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय/ सर्वपक्षीय बैठकले “सद्भाव र्‍याली” आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

सदभाव समितिको सहकार्यमा  जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सदभाव र्‍यालीमा सम्पूर्ण नेपालगञ्जवासीसहित सम्पुर्ण धर्मावलम्बीहरु, नागरिक समाजका अगुवाहरुलाई अनिवार्य रूपमा सहभागी हुन् अपिल गरिएको छ । 

नेपालगञ्जको बिपि चौकबाट मंगलवार बिहान ७ बजे निस्किने र्‍यालीले नगरको परिक्रममा गर्ने बताइएको छ । नेपालगञ्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न र्‍याली आयोजना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त “सद्भाव र्‍याली” निकालिन लागिएको प्रजिअ आचार्यले बताए । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वपक्षीय बैठकमा नेपालगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरिएको छ । 

बैठकमा नेपालगञ्जका मेयर प्रसान्त बिष्ट , उपमेयर कमरुद्दीन राई, अन्तरधार्मिक संजालका संयोजक चन्द्र नाथ योगी , मौलाना अब्दुल जब्बार मन्जरी, नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन कादरी, धार्मिक सद्भाव समितिका संयोजकहरु दिपक लोध, गुलाम हुसेन हल्वाइ, नेपाली काग्रेसका सभापति नारायण गौडेल, नेकपा एमालेका सभापति किस्मत कुमार कक्षपति, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपा नेपालका दिपेन्द्र सिंह, जनमतका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज तेजनारायण कडेल सहित सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार