मुख्य समाचार
हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक | नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न |

रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सुनुवाई हुँदै

यूथ टुडे समाचारदाता 3525+ समाचार ( )
रविको राहदानी विरुद्ध मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध युवराज पौडेल सफलले सोमबार हालेको मुद्दामा आजदेखि प्रारम्भिक सुनुवाई हुन लागेको हो ।
२२ चैत्र २०७९, बुधवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सुनुवाई हुँदैछ ।

रविको राहदानी विरुद्ध मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध युवराज पौडेल सफलले सोमबार हालेको मुद्दामा आजदेखि प्रारम्भिक सुनुवाई हुन लागेको हो ।

सुनुवाईका लागि सर्वोच्च अदालmतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ । सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा रहेको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए ।

सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।

सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

सोमबार दायर भएको रिटमा लामिछानेले अमेरीकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी राहादनी सम्बन्धी कसुर गरेको पहिले नै स्थापित भएको उल्लेख छ । लामिछानेविरुद्धको सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरीकी नागरिक रहँदारहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार